९ माघ २०८१, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

हरेक समितिहरु विधेयकमा गम्भिर र सरकारप्रति जवाफदेही बन्नुपर्छ’

९ माघ,  काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समिति विधेयकमा सबै भन्दा गम्भिर भएर लाग्नुपर्ने बताएका छन् ।

बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै  उनले  कुनै  पनि समितिले विधेयक र  विधेयकका सम्बन्धमा गम्भिर भएर  लाग्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘पूर्वाधार विकास समितिको भूमिका विधेयमा अत्यन्त महत्वपूर्ण छ ।  त्यसैले यो समितिले अझैं धेरै सक्रिय हुनुपर्छ । पुरै सक्रिय रहेर विधेयकहरुमा गम्भिर भएर लाग्नुपर्छ । नियमित रुपमा बैठकहरु बसाल्ने कोशिस गर्नुपर्छ । शंसोधन गर्ने कुरा शंसोधन गरौं । यो समितिको दायरा जुन छ , क्षेत्राधिकार जुन छ,  अझैं त्यसमा नीतिगत र शैद्धान्तिक रुपमा गम्भिर तरिकाले लाग्नुपर्ने छ । साथै विधेयक र  विधेयकका सम्बन्धमा गम्भिर भएर लाग्नुपर्छ ।’

यसैगरी उनले विकास निर्माणमा कामहरुमा पनि यो  समितिले ध्यान दिनुपर्ने बताए । उनले कुनै  पनि कामको  अनुगमन गर्न  जरुरी रहेको बताए ।

यसैगरी पूर्व ऊर्जामन्त्री शक्ति बस्नेतले समिति सरकारप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन् । उनले आफ्नो कुनै पनि समितिले आफ्नो जिम्मेवारीबाट भाग्न नहुने बताए ।

उनले भने, ‘समिति सरकारप्रति उत्तरदायी हुन जरुरी छ । हामी भाग्ने कोशिस नगरौं त्यसले राम्रो सन्देश दिँदैन । समितिले सहि बाटोमा हिड्न आवश्यक छ । जिम्मेवारी बाट हामी कोही नभागौं । सरकारप्रति जवाफदेही बन्ने  समिति बन्न्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्