लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई सीपमूलक तालिम
बागमती, १० माघ । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुव्र्यसनीमा फसेर युवालाई सीपमुलक तालिम दिएर सही बाटोमा ल्याउने उद्देश्यले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए ।
उनका अनुसार लागुऔषधको दुव्र्यसनीमा लागेर हेटाँैंडास्थित सुधार गृहमा रहेका ९० युवाहरुलाई लक्षित गरेर सुधारगृहभित्रै मौरिपालन, पेन्टिङ, कफी बनाउने लगायतका सीपमूलक तालिम सञ्चालन गरिएको छ । यस्तै मकवानपुरको राक्सिराङ, मनहरी, कैलाश, बकैया र मकवानपुरगढीमा विद्यार्थीलाई लक्षित गरी उपभोक्ता सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको प्रमुख भुषालले बताए ।
यता सो कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । उद्योग तथा वाणिज्यतर्फ नयाँ दत्र्ता, नवीकरण, नामसारी, पुँजी वृद्धि, खारेजी, ठाउँसारी लगायतका शीर्षकबाट रु एक करोड ५० लाख ८४ हजार ७०५ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भ्ुषालले बताए ।
सो अवधिमा दुई सय २१ नयाँ उद्योग, एक सय ४५ नयाँ वाणिज्य दर्ता भएको छ भने उद्योग र वाणिज्यतर्फका दुई सय ६७ उद्योग व्यवसाय खारेजी भएको प्रमुख भुषालले जानकारी दिए । उनका अनुसार चालु आवको छ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा रहेका ८६ उद्योग व्यवसायमा अनुगमन गरी रु एक लाख ३५ हजार जरिवानाबापत राजस्व सङ्कलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्