१७ माघ २०८१, बिहीबार
अन्तराष्ट्रिय अर्थ पर्यटन मुख्‍य समाचार समाचार समाज

चीनको हार्बिनमा पर्यटकको चहलपहल, स्थानीय उत्पादनहरूको बिक्रीमा वृद्धि

एजेन्सी । चीनको हार्बिनमा जाडो पर्यटक बढेसँगै आार्थिक गतिविधि चलायमान भएको छ । पर्यटकको आगमन बढेसँगै स्थानीय कोशेली र सांस्कृतिक उत्पादनहरूको बिक्रीमा वृद्धिभएको छ ।
चीनको उत्तरपूर्वी हिलोंगजियाङ प्रान्तको हार्बिन शहर जाडो र हिउँ पर्यटन गन्तव्यको रूपमा लोकप्रिय छ । हिउँँमा रमाउने र हिउँको मौसमसँग मेल खाने आइसक्रिमको विक्री समेत बढेको छ ।
विशेषगरी पारम्ंपरिक चिनियाँ औषधि स्वादहरूमा पाइने आाइसक्रिम पर्यटककको रोजाइमा परेको छ ।

त्यसका साथै, फ्रिजको लागि सजावटका रुपमा रहेकका स्मार्टफोनसँग स्क्यानगर्दा जीवितहुने यथार्थवादी भर्चुअल परिदृश्यहरू भएका फ्रिज म्याग्नेटहरू पनि लोकप्रिय छन् ।
हेरबिन इन्स्टिच्युट अफ टेक्नोलोजीका इन्जिनियरद्वारा डिजाइन गरिएका ज्याकेटहरु पनि पर्यटकको रोजाइमा छन् ।

इलेक्ट्रिकल इन्जिनियरिङ र अटो मेशन स्कूल, हेरबिन इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्यनरत झो याङ भन्छन्,‘तापक्रम–नियन्त्रित डाउन ज्याकेट एक पोर्टेबल पावर बैंकद्वारा संचालित हुन्छ । यसमा एक स्विच छ जसले हामीलाई तापक्रम ५५, ५०, ४५, वा ४० डिग्री सेल्सियसमा समायोजन गर्न अनुमति दिन्छ । यस्ता ज्याकेटहरु पर्यटकको रोजाइमा छन् ।’

२०२३–२०२४ जाडो पर्यटन सिजनमा, हेरबिनले ८७ मिलियन भन्दा बढी आगन्तुकलाई होस्ट गरेको थियो ।
जसले अघिल्लो सिजनको तुलनामा तीन सय प्रतिशत बृद्धि भएको देखाएको छ । जसकका कारण बिक्री आय १७ अर्ब अमेरिकी डलरमा पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा पाँच सय प्रतिशतको बृद्धि हो । (सीसी टीभी प्लस)

 

प्रतिक्रिया दिनुहोस्