गायिका एलिना चौहानले गराइन सम्बन्ध विच्छेदको मुद्दा दर्ता

१८ माघ, काठमाडौं । गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन् ।
चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले सामाजिक सञ्जाल तातिरहेको थियो ।
गत वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्