२० माघ २०८१, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

स्पेनिस ला–लिगामा रियल म्याड्रिड स्तब्ध

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिबार स्तब्ध भएको छ । इस्पनयोलले रियललाई १–० पराजित गरेको छ ।
इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन सफल भयो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ ।
रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिबार नै एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २–० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्