२० माघ २०८१, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

महिला टी–२० सिरिज : नेपालको लगातार तेस्रो हार

२० माघ, काठमाडौं । नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ ।

आइतबार घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाललाई नेदरल्यान्ड्सले १५ रनले पराजित गरेको हो ।

खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १२५ रनमात्र बनाउन मात्र सफल भयो  ।

नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । उनले ३२ बलमा एक छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्काले २५ बलमा चार चौकासहित २३ रन थपिन् । यस्तै, पूजा महतोले १८ रन बनाउँदा कविता जोशीले १४ र सीता रानामगरले १० रन जोडेका थिए ।

नेदरल्यान्ड्सकी एरिस ज्विलिङ, हिथर साइगेर्स र क्यारोलिन डे लिंगेले समान दुई विकेट लिइन् । यस्तै, इभा लिंक र इसाबेल भान डेर वोनिङले एक–एक विकेट लिइन् ।

नेपालले अब मंगलबार थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्