‘बाल विवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो’
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Ramesh-Lekhak-1-1296x700.jpg)
काठमाडौं । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फौलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गरेको हो ।
गृह मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ ।
सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय बाल विवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री लेखकलाई सामान्य जाकारी समेत थिएन ।
संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पु¥याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ ।
साथै, गृहमन्त्री लेखकले सो घटनाको यथार्थ विवरण सार्वजनिक गर्न र आवश्यक छानविन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन समेत दिएका छन् । उक्त घटनामा नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सत्येन्द्रकुमार रामविरुद्ध बाल विवाहको कसुरमा गत कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
त्यसपछि ३ पुसमा मात्र कपिलवस्तु जिल्ला अदालतमा सत्येन्द्रकुमार राम र स्नेहा रौनियारबिच विवाह दर्ता भएको थियो । अहिले सत्येन्द्रकुमार राम बाल विवाहको कसुर जिल्ला अदालत सर्लाहीले तीस हजार रुपैयाँ धरौटीमा छुटेको र मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
प्रहरीले सो विषय जातीय नभइ कानुनी विषय भएको भन्दै गृहमन्त्री, प्रहरी महानिरीक्षक तथा अन्य प्रहरी कर्मचारीहरुप्रति लाञ्छना लगाउने भ्रमपूर्ण समाचार प्रति विस्वास नगर्न हुन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्