२३ माघ २०८१, बुधबार
खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

टेबलटेनिसमा टी यु लाई दुई स्वर्ण

२३ माघ,  पोखरा । पोखरामा जारी दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको टेबलटेनिस प्रतियोगितामा त्रिभुव विश्वविद्यालयलाई दुई स्वर्ण प्राप्त गरेको छ ।

महिला तथा पुरुष डबलस्मा त्रिभुवन विश्वविद्यालयका टिमले स्वर्ण जितेका हुन । महिला डबलस्मा सिक्का सुवाल र दिया देउलाको टिमले काठमाण्डौको  सुजाता पौडेल स्वस्थी प्रधानको जोडीलाई पराजित गरेको हो ।

यस्तै पुरुष डबलसमा सिर्दाथ तामाङ र राजोज मान थाकुको टीमले गण्कीको गनन्जय दाहाल र अनुष कुँवरको टिमलाई पराजित गरेको हो । यस्तै महिलामा पोखरा र गण्डकी तथा पुरुषमा काठमाण्डौ र पुर्वान्चल विश्व विद्यालय तृतीय भइएका छन ।

प्रतिक्रिया दिनुहोस्