आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo3-1296x700.jpeg)
काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको आठसय मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन् । विकासले निर्धारित दुरी २:१०ः११ मिनेटमा पार गरे भने राज्यलक्ष्मिले २ः३५ः३४ मिनेटमा दुरी पार गरेका हुन ।
यस्तै मध्यपश्चिमान्चल विश्व विद्यालयका भरत राना र हिमाली शाही दोस्रो भए । भरतले २ः१३ः९१ र शाहीले २ः५८ः६५ मिनेटमा दुरी पार गरेका थिए । यस्तै सुदुर पश्चिमान्चल विश्व विद्यालयका निपूर्ण चन्द र गण्डकी विश्वविद्यालयकी कृति गिरी तृतीय भएका छन् ।
यस्तै महिला लंङजम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी संचिता घिमिरे प्रथम, हिमाली साही मध्यपश्चिमान्चल विश्वविद्यालय द्धितीय र त्रिभुवनकी विना थापा तृतीय भएका छन ।
यता पुरुष २०० मिटर दौडमा सुदुरपश्चिम विश्व.विद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवनका प्रकाश जोशी द्धितीय र काठमाण्डौ विश्वविद्यालयका विकास कुमार शाह तृतीय भएका छन् ।
महिला २०० मिटरमा त्रिभुवनका विना थारु प्रथम र आकृती चौधरी द्धितीय भए भने लुम्विनी विश्व विद्यालयकी मनिष कुँवर क्षेत्री तृतीय भइन् ।
प्रतिक्रिया दिनुहोस्