२४ माघ २०८१, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

आइटी क्षेत्रमा नेपाल धेरै पछाडि छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने कामले गति नलिएको बताएका छन् ।

विहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले आइटी क्षेत्रमा नेपाल सबैभन्दा पछाडि परेको भन्दै सरकारले धेरै काम गर्न बाँकी रहेको औंल्याए ।

उनले भने, ‘मैले ६ महिना मन्त्रालयमा काम गर्दा आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने धेरै काम देखेको छु । यस क्षेत्रमा नेपाल दक्षिण एसियामा सबैभन्दा पछाडि परेको छ । अहिलेसम्म हामीले केही गरेका रहेनछौं । अरुले जे गर्नुभयो त्यसैमा सिमित छौ । एआइको नीति बनाएको छैनौ । बल्ल बल्ल आइटी क्षेत्रलाई व्यवस्थित गर्न कानून बनाएका छौं । नियमावली बनेको छैन् । भएका कानुन कार्यान्वयन गर्ने तदकरुपकता देखिदैन । गर्नुपर्ने काम नगरेको तर थोरै थोरै गरेको भएपनि गति नलिएको देखिन्छ ।’

मन्त्री गुरुङले आइटी पार्क, नलेज पार्क र अनुसन्धान केन्द्र खोल्ने कुरामा जोड दिए । उनले भने, ‘आजसम्म एउटा आइटी पार्क छैन् । नलेज पार्क छैन् । अनुसन्धान केन्द्र छैन । त्यसैले हाम्रो मन्त्रालयले यो बर्ष एउटा आइटी पार्क खोलौ र त्यसलाई सातवटा प्रदेशहरुमा पनि लैजाऔं भन्ने छ ।’

पाथीभरा केबुलकार निर्माणका विषयमा गलत प्रचार गरियो : अध्यक्ष ढकाल

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारको अवसर सिर्जना गर्न सबैजना एक भएर नलागे सन्नतीहरु पछुताउने वातावरण रहेको बताए ।

उनले भने, ‘नेपालमा रोजगारी दिने कुरा, अवसर बनाउने कुरा बैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोक्न एकमत भएर लागेनौं भने भोलि हाम्रा सन्नतीहरु पछुताउने वातावरण बाहेक अरु केही हँुदैन ।’

उनले पाथीभराको केबुलकार निर्माणको विषयमा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको बताए । उनले केबुलकार निर्माण गर्दा सबै धर्मलाई प्रोत्साहन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने पनि बताए ।
उनले भने,‘बिकास निर्माणका हिसाबमा धर्मको नाममा लागेर नकरात्मक प्रचार नगरौं ।

पाथीभराको केबुलकार निर्माणको कुरामा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको छ । केबुलकारले सबै धर्मलाई प्रोत्साहन गर्छ, रोजगारीको अवसर सिर्जना गर्छ ।’

उनले पवित्र उद्देश्यले काम गर्दा पनि आफूलाई वदनाम गराउन खोजिएको भन्दै चिन्ता व्यक्त गरे । ‘केही मान्छेहरु आफ्नो लोकप्रियताका लागि मेरो बदनाम गराउन खोजिरहेका छन् । म अत्यन्तै चिन्तित छु । पाथीभराका विषयमा मेरो उद्देश्य पवित्र छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्