तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न सांसद केसीको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारण जनतालाई सेयर जारी गर्नुपर्नेमा ४० वर्षदेखि हुन नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘नेपाल विद्युत प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारण जनतालाई शेयर जारी गर्नुपर्ने यो ४० वर्षदेखि हुन सकेको छैन् । अहिले नेपाल विद्युत प्राधिकरणको झण्डै ७ खर्बको २० प्रतिशत मात्रै शेयर जनतामा वितरण गर्न सक्यौ भने डेढ खर्ब रुपैयाँ जम्मा हुने स्थिति छ ।
देश विदेशमा रहेको साधन श्रोत अरु ठूला मझौला विद्युतमा राज्यले उपयोग गर्न सक्ने जुन थिति छ । त्यतातिर सरकार मौन छ । तत्काल ४० वर्ष अगाडिको काननुअनुसार २० प्रतिशत शेयर वितरण गरियोस् ।’
प्रतिक्रिया दिनुहोस्