शुक्रबार सुनको मूल्य घट्यो
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Gold-Price-Today-1-2-1296x700.jpg)
काठमाडौं । शुक्रवार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तोलामा ४०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार विहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा एक हजार ९८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्