त्रिदेशीय सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध टस जित्यो
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-1-23-1296x700.jpg)
काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ ।
कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । यसअघि पाँच खेलमा हार व्यहोरेको नेपालले आज अन्तिम खेल थाइल्याण्डविरुद्ध खेल्न लागेको हो ।
नेपाली टोलीमा २ परिवर्तन भएको छ । आजको खेलमा इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, अलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी टिममा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्