२८ माघ २०८१, सोमबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरु संसदमार्फत अगाडि बढिरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा कोकाकोला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य रहेको बताए ।

उनले भने,‘जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य छ । विशेषगरी जीवनयापन संकट भोगिरहेका समुदायलाई सहयोग पुर्याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनावद्ध प्रयास गर्न आवश्यक छ । नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरु बजेट संसदमार्फत अगाडि बढिरहेका छन् ।’

त्यस्तै उनले नेपालले आफैंले नगरेको अपराधको सजायका रुपमा जलवायु परिवर्तनको समस्या भोगिरहेको बताए । विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको उनको भनाई छ ।

उनले भने,‘नेपालले आफैंले नगरेको अपराधको सजाय अहिले भोगिरहेको अवस्था छ । विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्येक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको छ । बढ्दो कार्बन उत्सर्जनको कारण पृथ्वीको तापक्रम वृद्धिले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्