रासस
2 महिना अघि

फुङ्लिङ, २७ माघ । यहाँको मैवाखोला गाउँपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
सो अवसरमा गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार, प्रतियोगिताको महत्वलाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिइएको हो ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मैवाखोला गाउँपालिकाको संयोजनमा उक्त प्रतियोगिता आयोजना गरिएकोे हो ।
गाउँपालिकाले प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै रु एक लाख बराबरको दुर्घटना बिमासमेत गरेको छ ।
यस प्रतियोगितामा विभिन्न विधामा ६६ स्वर्ण, ६६ रजत र ७० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया