राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज (सोमबार) पनि बस्दैछ ।
बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।
दिउँसो १ः१५बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित “मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि “मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्