सामाजिक सञ्जाल विधेयक फिर्ताको मागसहित जनकपुरधाममा पर्दशन
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-4-21-1296x700.jpg)
जनकपुर । सरकारले सदनमा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक फिर्ताको मागसहित जनकपुरधाममा मओवादी निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
आइतबार साझ जनकपुरधामको मुख्य प्रवेश द्वार रामानन्द चोकको बीचमै मसाल जलाएर सरकारविरुद्ध उनीहरुले प्रदर्शन गरेका छन् ।
संसदमा दर्ता भएको उक्तविधेयक’ले नागरिकको वाक स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्यमान्यतामा असर पार्ने भन्दै आफूहरु यो विधेयकको बिरोधमा आवाज उठाएको अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय सदस्य श्याम साहले बताए ।
प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूले नागरिकको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने उनले खतरा औंल्याए । ‘बोलेकै, लेखेकै वा अरू कसैको पोस्ट लाइक वा शेयर गरेकै भरमा कसैलाई थुन्ने वा कारबाही गर्ने कानुन ल्याउनु हुँदैन’ उनले भने ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले विधेयकका विभिन्न प्रावधानमाथि आपत्ति जनाएका छन् ।
सरकारले यो विधेयक पास गरे आफूहरु अदालतमा रिट हाल्ने र तत्पश्चात पनि नभए सदन घेराउ गर्ने प्रदर्शनकारी साहले चेतावनीसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्