पुस्तक सार्वजनिक
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/IMG_8838-1183x700.jpg)
काठमाडौँ, २८ माघ । चन्द्रागिरि नगरपालिका , न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयहरुलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ ।
पुस्तकभित्र समितिले विसं २०७५ देखि २०८१/८२को पुस मसान्तसम्म गरेका निर्णयलाई सङ्ग्रहित गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आइतबार आयोजित कार्यक्रममा पुस्तकको सार्वजनिक गरे ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले पुस्तकले असल अभ्यासका बारेमा जानकारी लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्