२९ माघ २०८१, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सामाजिक सञ्जाल सम्बन्धि विधेयक मान्य छैन : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सबैभन्दा पहिलो स्वतन्त्रता नै वाक स्वतन्त्रता भएकाले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा भएका प्रावधाहरु मान्य नहुने बताएका छन् ।

प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आइरहेको छ यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खोजिएको बताएका हुन् ।

उनले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आइरहेको छ, यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खाजिएको छ । छाडा छोड्नु हुँदैन, नियमन गर्नुपर्छ । तर त्यसलाई अभिव्यक्ति स्वतन्त्रता अर्थात हाम्रो आधारभूत सिद्धान्तमा पनि लेखिएको को कुरालाई उल्लघंन गर्न पाइँदैन् ।

संविधानमा पनि लेखिएको कुरा स्वतन्त्रता अर्थात वाक स्वतन्त्रता हो । त्यसैले यो विधेयक मान्य छैन ।’

प्रतिक्रिया दिनुहोस्