बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ गतेदेखि
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-16.jpeg)
२८ माघ, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले गर्दै आएको बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ बाट सुरु हुने भएको छ ।
बागमती गाउँपालिकाको झुरझुरेमा रहेको सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा ‘ए’डिभिजनका ७ सहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष रहरसिंह थिङ्ले जनाए ।
प्रतियोगितामा ‘ए’ डिभिजनको डिफेन्डिङ च्याम्पियन मछिन्द्र सहित संकटा क्लब , थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब र चर्च व्वाई क्लबको सहभागिता रहने छ भने आयोजक सहित मोफसलको थप तीन क्लबहरुलो सहभागीता रहनेछ ।
प्रतियोगिताको विजेता टोलिले नगद १० लाख, उपविजेताले नगद पाँच लाखसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजारको दरले नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्नको लागि आओजकले ७३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उक्त खर्च व्यवस्थापनको लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाँकी रकम आयोजक समितिले व्यवस्थापन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्