२९ माघ २०८१, मंगलवार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

गोरखा सुलिकोट गाउँपालिकाका स्थानिय टेकबहादुर घले ५४१ दिनदेखी अनशनरत

काठमाडौं । गोरखा सुलिकोट गाउँपालिकाका स्थानिय टेकबहादुर घले २०७५ सालदेखी आर्मीबाट पीडित भए भन्दै माइतिघरमा अनशन बसेका छन् । उनले आर्मिको मेजर निशान्त पण्डित लगायतले आफूलाई सुकुम्बासी बनाएको भन्दै माइतीघर मण्डलामा अनशन बसेका हुन् ।

उनले भने, ‘मेरो घरबार उठिबास भयो, मलाई सुकुम्बासी बनायो । छोरा विदेश गएर ऋण तिर्न सकेन । छोरा बहुलाउन लाग्यो । त्यहि भएर बाध्य भएर म यहाँ उभिन आएको छु । रहर होइन यो मेरो  एकदमै  ठूलो  पीडा हो । म ईमान्दार काम गरेर खाने मान्छे  हो । यस्तो अन्याय गर्यो । मेरो  होटेल भत्काएर भ्रष्टाचार गरेर भाग्यो निशान्त पण्डित भन्ने आर्मिको मेजर । तीन वर्ष त्यतिकै अलपत्र छोड्यो मेरो होटेल । फेरी अर्को विनोद भट्ट भन्ने आयो तपाईंलाई न्याय दिन्छु र क्षतिपूर्ति मिलाई दिन्छु भनेर । सरकारसँग २५ लाख लिएको  रहेछ , मलाई १३ लाख ८२ हजार मात्र दिएर गयो यो पैसा लिन्न भन्दा मर्लास होस् गर भन्यो मलाई ।’

उनी अनशन बसेको ५४१ दिन भैइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्