संरक्षणको पर्खाइमा राराका ढुङ्गेधारा
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-4-1-4-1296x700.jpg)
२९ माघ, मुगु । नेपालको पर्यटकीय गन्तब्यको रुपमा रहेको रारा(महेन्द्रं) तालकोे किनारमा रहेको ढुङ्गे धारा संरक्षणको प्रखाईमा छन् ।
सयौं बर्ष पूरानो ऐतिहासिक रारा तालको उत्पत्तिसँगै बनेको पुरातात्वीक महत्वको महादेव मन्दिर नजिक रहेको महादेव ढुङ्गेधार संरक्षण नहुँदा ओझेलमा परेको छ ।
२०३२ साल अगाडि रारा क्षेत्रमा रहेका बस्ती मुर्मा, छाप्रु, रराले बस्तीका मानिसहरुले प्रयोग गर्ने ढुङ्गे धाराहरु पछिल्लो समयमा अलपत्र परेका हुन् ।
२०३२ सालमा रारा ताल वरिपरिको क्षेत्रलाई रारा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्दा २०३५ सालमा छाप्रु र रराले बस्तीका मानिसहरुलाई नेपालगंन्जको चिसापानीतिर बसाई सरेपछि ढुंङ्गे धारा र मठ मन्दिरहरु पनि ओझेलमा परेका हुन् ।
ढुङ्गे धारामा पछिल्लो समयमा पानीको मुहान सुकेपछि २०७६ बैशाख पहिलो साता महायज्ञ संचालन गरेपछि धारा सन्चालनमा आएका थिए । धारामा पानी आउँदा रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पानी पिउन सहज भएको छाँयानाथ रारा नगरपालिका ९ मुर्मा गाँउका समाजसेवी बिर्ख बहादुर रोकायाले बताएका छन् ।
रारा तालको किनारमा रहेको अन्य धार्मिक स्थान छाप्र्रु महादेव, रारा लागुडा महादेव, मुर्मा महादेवलगायत अन्य दर्जनौं धार्मिक मन्दिर ,गुफा र ढुङ्गामा लेखेका ऐतिहासिक लेखोटहरु पनि अलपत्र परेका छन् ।
राराको नाममा प्रत्येक बर्ष सडक, पदमार्ग, भ्यूटावर बनाउनको लागि करोडौ बजेट आएपनि यस्ता ऐतिहासिक स्थलहरुको संरक्षण नभएको स्थानीयको डवल रोकायाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्