३० माघ २०८१, बुधबार
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए

जुम्ला, ३० माघ । तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका छन् सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मङ्गलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले त्यसको उद्घाटन गरेका हुन् ।

यहाँका स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो । सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन् । सडक निर्माणपछि जीप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालन भएका छन् ।

पालिका अध्यक्ष चौलागाईँका अनुसार जानकारी दिए । सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ । नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा रु एक करोड २० लाख बजेट खर्च भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब २० मिनेटमा पूरा हुने बताए । आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले मङ्गलबार नाचगान गरेर खुसीयाली मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्