काउली र बन्दाको मुल्य कम हुँदा किसान मर्कामा
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-3-4-1280x700.jpeg)
रौतहट । रौतहटका बजारमा काउली र बन्दाको मुल्य कम हुँदा किसान मर्कामा परेका छन । अहिले काउली र बन्दा यहाका स्थानिय बजारमा ८ देखि १० रुपैयाँमा पाइन्छ । खेतीमा लागेको लागत र मेहनत अनुसार यो मुल्यमा बिक्री गर्दा फाइदा नहुने कृषकहरु बताउछन ।
जिल्लाको उतरी भेगमा काउली र बन्दाको उत्पादन बढी हुने गर्दछ । यहाका अधिकाश कृषक काउली र बन्दाको खेती गर्ने गर्दछन । यो मूल्यमा काउली र बन्दा बिक्री गर्दा घाटा हुने वृन्दावन नगरपालिका वडा नं–१,बलेरीका कृषक शिवचन्द्र पटेलले बताए । उनका अनुसार यहाका बजारमा भारतीय तरकारी सस्तोमा पाइने भएपछि समस्य भएको हो ।
भारतीय तरकारी यहाका हाट बजारमा सहजै र सस्तोमा पाइन थालेपछि उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । यो समयमा गत बर्ष काउली प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म बिक्री गरेको कृषक पटेलले बताए । यस पटक आफुले ८ कठ्ठामा काउली र बन्दाको खेती गरेको उनले बताए । यस बर्ष घाटा ब्यहोर्नु परेकाले अब अर्को बर्ष देखि अन्य बालि लगाउने सोच बनाएको उनले बताए । अब अर्को बर्ष मकै खेती गर्ने योजनाम रहेको उनले उल्लेख गरेका छन ।
कृषि ज्ञान केन्द्र गौरका अनुसार काउली र बन्दाका लागि यस जिल्लाको हावापानी उपयुक्त भएपनि मुल्यका कारण कृषक बिस्थापित हुन थालेका हुन । भारतमा उत्पादन हुने कृषि उपजहरु नेपाली बजारमा पाइने भएकाले यहाका कृषक मर्कामा पर्दै आएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्