३० माघ २०८१, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

हेटौंडामा अटो दुर्घटनाः चित्तल ठोक्किँदा ५ जना घाइते

३० माघ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, रसल बोर्डिङ स्कुल नजिक मंगलबार बिहान ११ बजे अटो दुर्घटना भएको हो ।

पदमपोखरीबाट गुम्बा चोकतर्फ गइरहेको ना २ ह २३६८ नम्बरको अटोमा जंगलबाट आएको चित्तल ठोक्किँदा अटो पल्टिएर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार, दुर्घटनामा अटो चालक ४२ वर्षीय नर बी. तामाङ को दाहिने हात र खुट्टामा मध्यम चोट लागेको छ । अटोमा सवार अन्य ४ जना सामान्य घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा पठाइएको छ । दुर्घटनापछि चित्तल पुनः जंगलतर्फ भागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्