पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/samudayik-ban-aago-1296x700.jpg)
पोखरा । पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।
कुश्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।
कुश्मा १४ बगालथोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई उक्त सामुदायिक वनमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाईएको प्रहरीले जनाएको छ ।
यसैबीच कसैले वन जंगलमा आगलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा पैसा नलाग्ने फोन १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्