१ फाल्गुन २०८१, बिहीबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन शुभारम्भ

१ फागुन, काठमाडौँ । १६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शनको शुभारम्भ भएको छ ।

विहीबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायत रूसी सदन काठमाडौँका निर्देशक आन्तोन मास्लोभ लगायतले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै, शैली थिएटरका सल्लाहकार महेश पौडेलले, ‘शैली थिएटरले १६ वर्षसम्म लगातार रूपमा नाटक प्रस्तुत गर्नु महत्त्वपूर्ण कुरा भएको बताए ।

थिएटरमा लागेर अहिले महत्त्वपूर्ण स्थानमा पुगेका विद्यार्थीहरू नै १६ वर्षदेखिको अथक परिश्रम र मेहेनतको प्रतिफल रहेको बताए ।

त्यस्तै, रूसी सदन काठमाडौँका निर्देशक आन्तोन मास्लोभले, ‘थिएटर रङ्गमञ्च र यसको समिश्रणले बाल साहित्यसहित नाट्य क्षेत्रमा फरकपन भित्रने बताए । नेपाल र रूसको साँस्कृतिक विकास र प्रबद्र्धनमा लागि रूसी सदन सधैं अग्रणी स्थानमा रहेको बताए ।

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले, चलिचत्र सँगसँगै नाट्य क्षेत्रलाई पनि  सँगसँगै अगाडि बढाउनुपर्ने बताए । उनले बालबालिकालाई अगाडि बढ्न र आफ्नो लक्ष्य पहिचान गर्न ढिला नगर्न समेत आग्रह गरे ।

शैली थिएरका अध्यक्ष एवं महोत्सव निर्देशक नवराज बुढाथोकीले, बालबालिकाहरूलाई हारलाई जितमा परिणत गर्नसक्नेगरि अगाडि बढाउन बाल लघुचलचित्र प्रदर्शन गरिएको बताए । उनले करिब १६ वर्षसम्म अनवरत रूपमा नाटक र थिएटरलाई अगाडि बढाउन चुनौती रहेको भएपनि यसलाई सार्थक रूपमा अगाडि बढाइरहेको बताए ।

कार्यक्रममा बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान २०८१ सम्मान स्व। जनक प्रसाद हुमागाईलाई प्रदान गरिएको थियो भने, अघिल्लो बर्ष भक्तराज शर्मालाई अर्पण गरिएको थियो ।

एक हप्तासम्म चल्न उक्त महोत्सवमा आयोजक संस्थाको नाटक सहित जम्मा १६ वटा नाटक सहित विभिन्न कार्यक्रमहरू हुनेछन् । उक्त महोत्सवको समापन फागुन ७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्