३ आश्विन २०८१, बिहीबार
खेलकुद

भारतविरुद्ध नेपालले पूरा गर्‍यो १०० रन

१८ भदौ, काठमाडौं । एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ ।

२१ ओभरमा ३ विकेट गुमाउँदै नेपालले सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गरेका थिए ।

भुर्तेलले ६ छक्का र तीन चौकासहित २५ बलमै ३८ रन बनाएर आउट भए ।

दोस्रो विकेटका रुपमा भीम सार्की सात रनमै आउट भए भने तेस्रो विकेटका रुपमा कप्तान रोहितकुमार पौडेल पाँच रनमै आउट भए ।

नटआउट आसिफले ४४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्