३ कार्तिक २०८१, शनिबार
राजनीति

काँग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण

२० भदौ, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा धारिलो हतियार (खुकुरी) प्रहार गरी सांघातिक आक्रमण भएको छ ।

बुधवार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरु