३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

बाँकेमा बस दुर्घटना हुँदा ७ को मृत्यु,३० जना घाइते

२३ भदौ दाङ । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्