११ फाल्गुन २०८१, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विचार विशेष समाचार समाचार समाज

भौतिक पुर्वाधार मात्र विकास भन्नु खेदजनक छ : सुमना श्रेष्ठ

११ फाल्गुन, आइतवार संघीय ससद भवन परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भएरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताएकी हुन् ।

उनले भनिन्,‘ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ । ताप्लेजुङबाट आएका भिडियोहरु भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरुको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिदैन् । भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ । त्यो एकदम खेदजनक छ ।’

उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिककर्मीहरुले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन् ।

यस्तै राप्रपाका संसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई घमण्ड नगर्न चेतावनी दिए । उनले कांगे्रस डरलवादी संगठन भएको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्