१४ फाल्गुन २०८१, बुधबार
खेलकुद प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

भोली हुने फाइनल खेलका लागि पूर्णरुपमा तयार छौं ः प्रशिक्षक तामाङ

काठमाडौं । इन्टरनेशल वुमेन्स च्याम्पियिनसिपको फाइनल खेल भोली (बुधबार)हुँदै छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजेबाट सुरु हुने खेलमा उपाधिको लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेलअघि मंगलबार भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानारको खेल हेरेर अध्ययन गर्ने मौका पाएको हुनाले सजिलो भएको भन्दै अब फाइनलको तयारी भईरहेको बताए ।

उनले भने, ‘हामीलाई दुईवटा खेल जितेर फाइनल पुग्नु थियो, त्यसपछि म्यानारको लागि हामीले एउटा छुट्टै खालको संरचना बनाएका थियौं । उनीहरुको खेल हेरेर हामीले अध्ययन गर्ने मौका पायौं उनीहरुको बलियो पक्ष कहाँ छ र कमजोर पक्ष कहाँ छ भनेर त्यसले गर्दा पनि सजिलो भयो । अब फाइनलको तयारी हुदैँछ ।’

यसको साथै, नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले आजसम्म सिल्भरमा नै रहेको भन्दै भोलीको खेल गोल्ड मेडलको लागि खेल्ने बताईन् ।

यस्तै, भोली जसले बढि फिल्डमा मेहेनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने भन्दै फाइनलको लागि तयार रहेको पनि बताईन् ।

उनले भनिन्, ‘जसलाई खेलाए पनि खेल्न सक्ने खालको खेलाडीहरु हुनुहुन्छ । भोली फाइनल छ, फाइनलको लागि नै लड्ने हो आजसम्म हामी सिल्भरमा नै छौ । भोलीको खेल गोल्ड मेडलको लागि खेल्ने छौ । भोली जसले बढि फिल्डमा मेहेनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने हो हामी फाइनलको लागि तयार नै छौ । हामी आफ्नो तर्फबाट सय प्रतिशत दिने छौ ।’

यसअघि नेपाल र म्यानमारबीच भएको लिग चरण अन्तर्गतको अन्तिम खेल २– २ को बराबरीमा सम्पन्न भएको थियो । चार देश सम्लिति रहेको उक्त प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित, लेबनान, र्किगिस्तान र म्यानमारले सहभागीता जनाएका हुन् ।

फिफा वरियातमा म्यानमार ५५औँ स्थानमा रहेको छ। नेपाल १०३औँ स्थानमा रहेको छ । गत फागुन ५ गतेबाट सुरु भएको प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई आमन्त्रण गरेर आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरु