४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार

शिक्षकलाई प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध, अरू के के गर्न हुँदैन ?

२७ भदौ, काठमाडौं । शिक्षकले प्रदर्शन गर्न, बन्द हडताल गर्न र भाग लिन नपाउने भएका छन् ।

बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा कुनै तरिकाबाट बालबालिकाको पढ्‍ने अधिकारमा बाधा पुर्‍याउन वा सो कार्य गर्ने उद्देश्य अरुलाई उक्साउन समेत हुदैँन भन्‍ने व्‍यवस्था गरिएको छ ।

विधेयकको प्रस्तावमा भनिएको छ, ‘ शिक्षकले प्रदर्शन गर्न, बन्द हडतालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न, घेराउ गर्न, दबाब दिन, पठनपाठन बन्द गर्न वा अन्य कुनै तरिकाबाट बालबालिकाको पढ्ने अधिकारमा बाधा पुर्‍याउन हुँदैन।’

यस्तै शिक्षकले बहुविवाह गर्न नहुने, यौन दुर्व्यवहार गर्न नहुने, विद्यार्थीलाई कुटपिट गर्न र कसैलाई पनि शारीरिक तथा मानसिक यातना दिन नहुने, दान उपहार, चन्दा प्राप्त गर्न रसहयोग लिन नहुने, कम्पनी स्थापना वा सञ्‍चालन गर्न तथा व्यापार व्‍यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने र राजनीतिक क्रियाकलापमा संलग्न र भाग लिन नहुने विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्