सुनचाँदीको मूल्य स्थिर

१८ फागुन, काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार २०० रुपैयाँले घटेको थियो । चाँदीको मूल्य भने स्थिर रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्