१९ फाल्गुन २०८१, सोमबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

गरिब–विपन्न परिवारलाई पालिकाको आर्थिक सहयोग

रौतहट । रौतहटको गरुडा नगरपालिकाले गरिब–विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पालिकाले सात जना भन्दा बढी गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेको हो ।

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी कलवारले सोमबार कार्य कक्षमा आर्थिक सहयोग रकम चेकमार्फत दिएका हुन् ।

पालिकामा रहेका अमर कुमार सहनी, अम्बिका कुमारी, रामऔतार ठाकुर, सर्वेश्वर नाथ पाण्डे, नथुनी राम, कौशलिया देवी, उनपती देवी लगायतलाई आर्थिक सहयोग प्रदान गरिएको नगर प्रमुख कलवारले जानकारी दिए ।

उनले २० देखि २५ हजार रुपैंयाँसम्मको चेक प्रदान गरेको बताए । यसअघि पनि विभिन्न स्थानका गरिब–विपन्न परिवारलाई आर्थिक सहित अन्न, लत्ताकपडालगायतको सहयोग नगर प्रमुख  कलवारले गर्दै आएका छन ।

गरिबी हटाउन, विपन्न नागरिकलाई राहत दिन र समग्र नगरवासीको जीवनस्तर उकास्न गरुडा नगरपालिका प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्