१९ फाल्गुन २०८१, सोमबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज सूचना प्रविधि

सालकको खपटासहित दुई नियन्त्रण

काठमाडौँ, १९ फागुन प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बाजाजुबाट खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका २ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका ६ का ३० वर्षीय मोहन पुलामी मगरलाई पक्राउ गरेको हो ।

तामाङले बोकेको झोलाभित्र सात सय ७० ग्राम सालकको खपटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्