एक हजार चार सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य एक हजार चार सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्