Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एमाले संसदीय दलबाट शोक प्रस्ताव पारित

रातो कागज
2 वर्ष अघि

२८ भदौ, काठमाडौँ। नेकपा एमाले संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र सविधान निर्माणमा नेम्वाङले निर्वाह गरेका भूमिका अविस्मरणीय रहेको ठहर गरेको छ ।

नेता नेम्वाङको यही भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया