Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा

रासस
2 महिना अघि

लुम्बिनी, २० फागुन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । उनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा खेन्पो छिमेले स्वागत गरे ।

मन्त्री राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ तथा पुष्पकरणी पोखरीका बारेमा जानकारी लिए । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषले गरेका काम र विकासका बारेमा उनलाइ जानकारी दिएका थिए । मन्त्री राणासँगै लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री सरोज थापा पनि सहभागी ।

भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्यलगायतको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया