भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता हुदै

रामेछाप । नेपाली कांग्रेसका नेता स्वर्गीय भीमबहादुर तामाङको स्मृतिमा दोलखामा वाग्मती प्रदेश स्तरीय भीमबहादुर तामाङ स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
तामाङको १३ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
खेल आगामी चैत १३ देखि १६ गतेसम्म दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे बजारमा हुने नेपाली कांग्रेस दोलखका प्रदेश ‘क’ का सभापति शुक्रराज तामाङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपैँया नगद पुरस्कार पाउने भएको छ । त्यस्तै दोस्रो हुनेले नगद दुई लाख, तेस्रो हुनेले नगद एक लाख र सान्त्वना हुनेले नगद ५० हजार रुपैँया पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्