२२ फाल्गुन २०८१, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

वडा कार्यालयका लागि श्रेष्ठ दम्पतीद्वारा जग्गा दान

सुन्दरबजार लमजुङ, २२ फागुन । यहाँको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा वडा कार्यालय निर्माण गर्नका लागि स्थानीय समाजसेवी बाबुलाल श्रेष्ठ र उनकी धर्मपत्नी आशमाया श्रेष्ठले एक रोपनी ११ आना जग्गा दान गरेको छन् ।

जग्गा प्राप्तिसँगै अब वडा कार्यालयको भवन निर्माण गर्ने बाटो खुलेको छ । दान गरिएको जग्गाको हालको मूल्य प्रतिरोपनी रु १८ लाख रहेको छ ।

दान गरिएको जग्गा जम्मा रु ३० लाख बराबरको रहेको वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले बताए ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु ३० लाख र सुन्दरबजार नगरपालिकाले रु ३० लाख गरी जम्मा ६० लाख बजेट वडाको भवन निर्माण गर्न विनियोजन गरिसकेको छ ।

अब छिट्टै भवन निर्माण सुरु गरिने वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्