४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषसँग माग्यो गौशाला चोकको भवन

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा मारवाही सेवा समितिले बहालमा लिएर सञ्चालन गर्दै आएको भवन आफूहरुलाई दिन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरेको छ ।

महानगरपालिकाले कोषलाई एक पत्र लेखी काठमाडौं महानगरपालिका– ८ गौशाला चोकमा रहेको उक्त भवन र जग्गा धार्मिक पर्यटन तथा साँस्कृतिक महत्वको केन्द्रको रुपमा विकास तथा प्रयोग गर्न आवश्यक भएको भन्दै मागेको हो ।

उक्त क्षेत्रमा महानगरपालिकाले आफ्नो खर्चमा साँस्कृतिक तथा धार्मिक केन्द्रको रुपमा विकास तथा प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पत्रमा उल्लेख गरेका छन् ।

मारवाही सेवा समितिले बहालमा लिई सञ्चालन गरिरहेको उक्त भवन र जग्गाको सम्झौता पशुपति क्षेत्र विकास कोषले हालै रद्द गरेको थियो ।

कोषको निर्णयविरुद्ध मारवाडी सेवा समिति अदालत गए पनि अदालतले कोषको पक्षमा आदेश दिएको थियो । त्यसलगत्तै काठमाडौं महानगरपालिकाले सो भवन र जग्गा आफूलाई दिन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्