२८ फाल्गुन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियु सभापतिमा चौधरी

तुलसीपुर, २८ फागुन । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ ।

नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम चौधरीले जानकारी दिए।

सदस्यहरुमा सुस्मिता चौधरी, सविता चौधरी, सङ्गीता चौधरी निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्