यस्ता छन् ,मन्त्रिपरिषद्का २५ वटा निर्णयहरु

काठमाडौं । सरकारले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवननिर्माणको प्रस्तावित सम्भाव्यता अध्ययन सम्बन्धी आदान–प्रदान पत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।
बुधबारसञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनगरी मन्त्रिपरिषद्को बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवननिर्माणको प्रस्तावित सम्भाव्यताअध्ययनसम्बन्धीआदान–प्रदानपत्रस्वीकृत गर्ने र उक्तपत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुव्वा गुरुङलेजानकारी दिए ।
यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरु
१.भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवननिर्माणको प्रस्तावित सम्भाव्यता अध्ययन सम्बन्धी आदान–प्रदान पत्र स्वीकृत गर्ने र उक्तपत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने,
२.जापान सरकारको सहयोग मानिर्माणाधीन नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियत पूर्ण ऋण सहायता सम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमावार्ता टोली गठन गरी बार्ता गर्न अख्तियारी दिने,
३.युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम ९गुणस्तर परियोजना, चरण कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारवाट प्राप्तहुने थपअनुदान रकम १.६८ मिलियन स्वीस फ्रैंक (करिब नेपाली रू.२५ करोड ६५ लाख वरावर) अनुदान सहायता स्वीकार गर्ने र उक्त पत्र आदान(प्रदान मा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने,
४.विश्वबैंकवाट सञ्चालित विभिन्न आयोजनमा प्रतिकार्य विकल्प स्थापना गर्नको लागि उल्लिखित आयोजनाहरूको वित्तीय सम्झौतामा सर्वग्राही संशोधन गर्ने सम्बन्धी सम्झौता स्वीकृत गर्ने र सो सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने,
५.२०८१ चैत २० गतेदेखि २२ गतेसम्म स्पेनको मेड्रिडमा सञ्चालनहुने नेतृत्व र विश्वव्यापी सर्वोच्च लेखा परीक्षण संस्था सञ्जालको प्रभावकारी उपयोग कार्यक्रम र २०८१ चैत २५ गतेदेखि २६ गतेसम्म थाइल्याण्डको वैङ्ककमा सञ्चालनहुने विकास परीक्षण संस्थान, एशियाली विकास बैंक नेतृत्व मञ्च कार्यक्रममा सहभागिताका लागि माननीय महालेखा परीक्षक श्री तोयम रायालाई स्वीकृतिप्रदान गर्ने,
६.विश्व बैंकको वित्तीय सहयोगमा कार्यान्वयनमा रहेको रणनितिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनामा प्रस्तावित २०० मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धीवित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फवाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमावार्ता टोली गठन गरी उल्लेखित दस्तावेजहरूलाई अन्तिम रूप दिनअख्तियारी प्रदान गर्ने,
७.२०८१ चैत १८ गतेदेखि २२ गतेसम्म थाइल्याण्डको बैङ्ककमा सञ्चालनहुने लेखा परीक्षण गुणस्तर व्यवस्थापन प्रणालीमा शैक्षिक कार्यशाला कार्यक्रममा सहभागिताका लागि उपमहालेखा परीक्षक श्री बैकुण्ठ बहादुर अधिकारीलाई स्वीकृतिप्रदान गर्ने,
८.राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम सङ्घ प्रदेश र स्थानीय तह बिच रोयल्टी बाँडफाँटका आधार विधि र हिस्सा स्वीकृत गर्ने,
९.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने,
१०.२०८१ चैत १५ गतेदेखि १७गतेसम्म माल्टामा आयोजनाहुने १६औँ एनआरएन यूरोप क्षेत्रीय सम्मेलन मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीलाई स्वीकृति दिने,
११.श्री भागीरथी भट्टराई (ज्ञवाली), काठमाडौँलाई विद्युतनियमनआयोगको सदस्य पदमा नियुक्त गर्ने,
१२. कामहरूको लागि दर विश्लेषण मानकहरू २०८१ स्वीकृत गर्ने,
१३.आर्थिक वर्ष २०८१÷८२ को बाँकी अवधिका लागि कृषितथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषि वस्तु उत्थान शील कार्यक्रम, काठमाडौंको लागि अधिकृत स्तरका ८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने,
१४.राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा श्री फाइन्द्रराज पाण्डे, लमजुङलाई नियुक्त गर्ने,
१५.अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न श्री बाबुराम रेग्मीको अध्यक्षतामा श्री भरत बहादुर बोहोरा र श्री बद्रीप्रसाद भट्टराई सदस्य रहेको ३ सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँच बुझ आयोग, २०८१ गठन गर्ने,
१६.गैरआवासीय नेपाली सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।
१७.भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय जिल्ला समन्वय समितिको नाम मादर्ता रहेको तनहुँ जिल्ला साविक फराक चौर गा.वि.स. वडा नं. ९ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गा व्यास नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने।
१८.जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने,
१९. मिति २०८१ चैत १२ गतेदेखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने पेटरसबर्ग जलवायु संवाद २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने,
२०.वडीचौर–विमेनी–बाविया चौर–विद्यापुर सडक निर्माणको लागि सुर्खेत जिल्लाको बराह ताल गाउँपालिका वडा नं.२,५,६, ७ र पञ्चपुरी नगरपालिका वडा नं ३ मा रहेको राष्ट्रिय वनको १०.३१९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने,
२१.जडिवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा वन तथा वातावरण मन्त्रालयका सहसचिव (प्रा.) डा. बुद्धि सागर पौडेल लाई अर्को व्यवस्था नभए सम्मको लागि कामकाज गर्न खटाउने,
२२.नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी उच्च स्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिनथप गर्ने,
२३.कान्ति बाल अस्पताल भवन पुन र्निर्माण कार्यलाई विशेष परियोजनाको रूपमा कार्यान्वयन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने,
२४.मित्र राष्ट्र चीनले एम्बुलेन्स प्रयोजनार्थ अनुदान (वस्तुगत सहायता) स्वरूप प्रदान गर्ने ५० थान विद्युत् सवारी साधन स्वीकार गर्न स्वीकृति प्रदान गर्ने,
२५.स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा. रघु राज काफ्ले, तनहुँलाई नियुक्त गर्ने ।
प्रतिक्रिया दिनुहोस्