३ आश्विन २०८१, बिहीबार
बैंक–वित्त

शेखर–गगन पक्षको बैठकः वार्षिक कार्यतालिका अवरुद्ध हुन दिँदैनौ

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको कार्यतालिका अवरुद्ध हुन नदिने निर्णय लिएको छ ।

नेता शेखर र महामन्त्री गगन थापा पक्षका केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकालेको छ । संस्थापनइतरका नेता शेखरको सम्पर्क कार्यालयमा बैठक बसेको थियो ।

‘कार्ययोजना र कार्यतालिका सहित पार्टी अघि बढेको छ । कार्यतालिकाको समीक्षा गर्नुपर्दछ,’ बैठकको निर्णय सुनाउँदै केन्द्रीय सदस्य दिलन्द्र बडुले भने, कार्यक्रमहरुको निरन्तरता हुनुपर्दछ । कार्यतालिकालाई अवरुद्ध हुन दिन हुँदैन ।’

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा पेश गरेको वार्षिक कार्यतालिकालाई १० साउनमा पार्टीले पारित गरेको थियो ।

असोज ४ गतेदेखि बस्ने केन्द्रीय समितिका बैठकका एजेण्डा के के हुन सक्छन् भनि बैठकमा छलफल भएको बडुले जानकारी दिए । कार्यतालिका कार्यान्वयन भएन नभएको र नभएको भए किन हुन सकेन भनि केन्द्रीय समिति बैठकमा समीक्षा हुनुपर्ने बडुले बताए ।

महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बैठकमा अनुपस्थित भएको बारे सोधिएको प्रश्नमा बडुले खबर गरेकाहरु आएको जवाफ दिए । महामन्त्री शर्मा र पौडेललाई बैठकमा बोलाइएपनि अनुपस्थित रहेका रहे ।

सरकारको प्रभावकारीता कमजोर रहेको बैठकले कुरा उठेको छ । सरकारको विकल्पको बारेमा समूहमा छलफल हुन नसक्ने बडुले बताए ।

 

प्रतिक्रिया दिनुहोस्