२ चैत्र २०८१, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विचार विशेष समाचार समाचार समाज

कार्यशैलीमा सुधार नगरेसम्म अध्यादेश ल्याएरमात्र केही हुँदैन् : मन्त्री गुरुङ

३ चैत्र, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले मन्त्रालयहरुबीच बाझिने कानुन र नियमहरुका कारण सुशासन कायम हुन नसकेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिकासम्बन्धी क्षमता विकास कार्यक्रममा बोल्दै उनले समयअनुकुल नीतिहरु संशोधन र परिमार्जन नगर्दा हरेक काममा समस्या देखिएको बताए ।

उनले भने,‘समयअनुकुल नीतिहरु संशोधन नगर्दा परिमार्जन नगर्दा त्यसको आधारमा बन्ने कानुनहरु, नियमहरुले पनि समस्या पारेको छ । एउटा मन्त्रालय र अर्को मन्त्रालयमा समस्या पैदा गर्ने खालको कानुन निर्माण गर्दा सुशासन कायम गर्न नसकेको र राजस्व संकलनको लागि पनि समस्या भएको छ । अहिले विद्यमान जुन अस्पष्ट नीति नियम र कानुनहरु छन् त्यसले पनि समस्या ल्याएको छ ।’

त्यस्तै उनले समस्याहरु भनेको अहिलेपनि हाम्रो कार्यशैलीमा रहेको भन्दै कार्यशैलीमा सुधार नगरेसम्म जस्तोसुकै अध्यादेश ल्याएपनि काममा सुधार नहुने बताए ।

उनले भने,‘समस्याहरु भनेको अहिलेपनि हाम्रो कार्यशैलीमा छ । त्यसैले कार्यशैलीमा सुधार गरेन भने जस्तोसुकै अध्यादेश ल्याएपनि,जति कानुनहरु बनाएपनि सुधार भने हुँदैन ।

प्रतिक्रिया दिनुहोस्