Deprecated: File class-oembed.php is deprecated since version 5.3.0! Use wp-includes/class-wp-oembed.php instead. in /www/wwwroot/indreninews.com/wp-includes/functions.php on line 6114

Deprecated: Return type of AdvancedAds\Abstracts\Data::offsetGet($offset) should either be compatible with ArrayAccess::offsetGet(mixed $offset): mixed, or the #[\ReturnTypeWillChange] attribute should be used to temporarily suppress the notice in /www/wwwroot/indreninews.com/wp-content/plugins/advanced-ads/includes/abstracts/abstract-data.php on line 431
पोखराको पश्चिमाञ्चल क्याम्पसमा गुटगत विवादको असर स्ववियुमा - Rato Kagaj Online - Nepal's Breaking News in Nepali

पोखराको पश्चिमाञ्चल क्याम्पसमा गुटगत विवादको असर स्ववियुमा

रातो कागज
14 hours अघि

पोखरा । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसभित्र देखिएको गुटगत विवादको असर स्वतन्त्र बिद्यार्थी युनियन(स्ववियु)को चुनाबमा देखिएको छ ।

नेपाली कांग्रेस कास्कीभित्र देखिएको पूर्वजिल्ला सभापति कृष्ण केसी समूह र वर्तमान जिल्ला सभापति किशोरदत्त बराल समूहबिचको बिबादको असर स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा देखिएको हो । केसी डा. शेखर कोइराला समूह निकट मानिन्छन भने बराल पार्टी सभापति शेरबहादुर देउवा समूह निकट ठानिएका छन्।

नेपाली कांग्रेस कास्कीभित्रको यही गुटगत बिबादका कारण भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बराल समूह इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा भएको स्ववियु चुनाबमा सहभागी छ भने अर्को समूह क्याम्पसको मूलगेटमा सोमबार साँझदेखि रिले अनसन बसिरहेको छ ।

आन्तरिक कलहका कारण नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्ववियु चुनाबमा सचिव पदमा उम्मेदवारी दर्ता गर्न सकिरहेको छैन । त्यसको दोष डा.कोइराला समूहले पार्टीका वर्तमान कास्की जिल्ला सभापति किशोर दत्त बराललाई दिएको छ ।

सो समूहले त क्याम्पसको मूल गेट अगाडि रहेको आफ्नो सम्पर्क कार्यालय सामुन्ने ठड्याएको फ्लेक्स बोर्डमा आफ्नो संगठनका उम्मेदवारहरुको नाम र फोटो राखेको छ । तर सचिव पदमा भने ‘सचिव बेचुवा’भन्दै वर्तमान कास्की जिल्ला सभापति बरालको फोटो राखेको छ ।

एकातिर नेपाली कांग्रेसको डा.कोइराला समूहले आफ्नो पार्टीको जिल्ला सभापति बरालबिरुद्ध असंतुष्टि जनाइरहेको छ नै, अर्कोतिर आफ्नो संगठनको तर्फबाट उम्मेदवारी दर्ता गराएका सचिव पदका उम्मेदवार प्रशान्त उपाध्यायको उम्मेदवारी दर्ता नगरेर अन्याय गरेकाले निर्वाचन समिति र क्याम्पस प्रमुख समेतले राजीनामा दिनुपर्ने भन्दै आन्दोलन शुरु गरेको छ ।

आन्दोलित बनेको नेविसंघको डा.कोइराला समूहका बिद्यार्थीहरुले सोमबार साँझ क्याम्पस प्रमुख र निर्वाचन समितिको बिरुद्ध नाराबाजी गर्दै क्याम्पस गेट अगाडि टायर बालेर प्रदर्शन पनि गरेका थिए ।

स्ववियु चुनाब समितिले कुनै पनि हालतमा सचिव पदमा प्रशान्त उपाध्यायको नाम समावेश नगर्ने निधो पाएको डा.कोइराला समूहले सोमबार साँझदेखि नै रिले अनसन पनि शुरु गरिसकेको छ । मगलबार बिहान पनि रिले अनसन जारी राखेको छ ।

आन्दोलनरत कोइराला समूहले निर्वाचन हुनै नहुने र फेरि मनोनयन प्रक्रियामा जानुपर्ने माग गरिरहेको छ । तर, निर्वाचन समिति संयोजक दीपक थापाले भने चुनाव नरोकिने दाबी गरिरहेका छन् । सोमबार रातिसम्म वार्ता भएको थियो । तर वार्ता टुंगोमा पुग्न सकेन ।

नेविसंघले सौगात पण्डितको अध्यक्षतामा निर्वाचनमा जान मनोनयन दर्ता गराएको थियो । तर, सचिव पदमा आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै मनोनयन पत्र नै च्यातिएको नेविसंघकै एउटा समूहले आरोप लगाइरहेको छ । नेविसंघ केन्द्रीय कमिटीले सचिवको उम्मेदवार उपाध्यायलाई बनाउन भन्दै परिपत्र नै गरेको छ ।

नेविसंघका केन्द्रीय सदस्य तथा क्याम्पसका केन्द्रीय प्रतिनिधि भरत बस्नेतले निर्वाचन समितिको त्रुटिका कारण सचिव मनोनयन हुन नसकेको भन्दै निर्वाचन हुन नसक्ने दाबी गरे । मनोनयनका लागि फर्म दिएर पनि दर्ता नगरिएको उनको दाबी छ ।

केन्द्रको परिपत्र हुँदाहुँदै सचिवविनै निर्वाचन अगाडि बढ्ने देखेपछि तालाबन्दी गरिएको र कास्की सभापतिलगायत केही नेताले खेल्ने प्रयास गरेको उनीहरुको आरोप छ । नेविसंघका विद्यार्थीहरुले आफूले भनेको मान्छे सचिव नपाएपछि रेजिना खड्काले मनोनयन पत्र नै च्यातेकोसमेत आरोप लगाइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया