बागमती, ५ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
चितवनबाट हेटौडातर्फ आइरहेको बा.४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जादै गरेको बा.प्र. ०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका– २ क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्