जनज्योती बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

रातो कागज
१५ घण्टा अघि

रौतहट । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल बिद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ ।

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि मंगलवार मतदान भएको थियो  ।

मंगलवार रातीबाट गणना भएपनि बुधवार बिहान आएको मत परिणाम अनुसार प्रत्यक्षतर्फ नेविसंघको
प्यानलनै विजयी भएको निर्वाचन समितिका संयोजक बिनोद तिमल्सिनाले बताए । उनका अनुसार स्वतन्त्र बिद्यार्थी युनियनको सभापतिमा नेविसंघका मोहम्मद नौसाद आलम १ हजार १ सय ७४ मत पाएर विजयी भएका छन् । निकटतम अनेरास्ववियुका दामोदर उप्रेतीले २ सय ३ मत प्राप्त गरे ।

अखिल (क्रान्तिकारी) का अजय पटेलले १ सय ७० मत पाएको उनले जानकारी दिए । यता सचिवमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम शुभ श्रेष्ठले २ सय ३१ मत ल्याएका छन् । सचिवमा अखिल (क्रान्तिकारी) का सुस्मिता घलानले १ सय ८७ मत पाए ।

कोषाध्यक्षमा नेविसंघकै सम्झना कुमारी चौधरी १ हजार १ सय ४८ मत ल्याएर विजयी भएकी हुदाँ निकटतम अनेरास्ववियुका अभिशेष चौधरीले २ सय ११ मत ल्याए । अखिल(क्रान्तिकारी)का अनिषा चौधरीले १ सय ८१ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा २ हजार ९५४ मतदाता रहेको यस क्याम्पसम एक हजार ६८७ मत खसेको थियो। जनज्योती बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन र संयुक्त समाजबादी बिधार्थी युनियन नेपाल गरि चार संगठनले प्यानल सहित उमेदवारी दर्ता गरी प्रतिस्पर्धामा थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया