Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सभामुखद्वारा अवरुद्ध संसद् बैठक सञ्चालन गर्न छलफल

रासस
6 दिन अघि

काठमाडौँ, १३ चैत । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न राजनीतिक दलका सचेतकहरुसँग छलफल गरेका छन् ।

नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पाँच दलका नेताहरुसँग छलफल गरेका सभामुखको निजी सचिवालयले जनाएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो ।

बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकराण्का कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए ।

विपक्षी दलको अवरोधपछि सभामुखले बैठक केही समयका लागि स्थगन गरेर संवाद सुरु गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेताहरु सहभागी हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया